फेसियल हाउसको क्यालेण्डर सार्वजनिक

काठमाडौँ । नेपालकै चर्चित ब्युटी सैलुन ‘फेसियल हाउस’ले नयाँ वर्ष २०८० को अवसरमा क्यालेण्डर सावर्जनिक गरेको छ ।
क्यालेण्डर महिला चेम्बरको अध्यक्ष उर्मिला श्रेष्ठ, चर्चित नायिका पुजा शर्मा तथा पद्याकन्या क्याम्पसमा प्रध्यापक अरुणा रायमाझी र फेसियल हाउसकी प्रबन्धक निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले विमोचन गरेका थिए ।
महरा आफै क्यालेण्डरमा मोडेलका रुपमा प्रस्तुत भएकी छन् । महराले विषेश त नेपाली मौलिकता तथा नयाँ पुस्ताले भुल्दै गएको नेपाली भेषभुषालाई प्रथमिकतामा राखेर क्यालेण्डरमा प्रस्तुत गरिएको छ ।
नयाँ वर्षको शुभकामना तथा क्यालेण्डर विमोचन कार्यक्रममा अतिथिका रुपमा महिला चेम्बरका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय जगतमा नेपाली मौलिकता बढ्दै गएको हुँदा यस प्रकारकाको कामले नेपाली मौलिकतामा थप टेवा पुग्ने उनले बताइन् ।
नेपालीमा अल्छिपना बढी भएको भन्दै उनले मेहनतले नै हाम्रोे प्रगति हुने भन्दै नेपाली मौलिकताले संरक्षण गर्न आग्रह गरिन् । नायिका पूजा शर्माले नेपाली मौलिकता जोगाउन हामी सबैले मिलेर लाग्नु पर्ने बताइन् ।
फेसियल हाउसकी प्रबन्धक निर्देशक महराले श्रमका लागि कसैसँग नडराउन आग्रह गरिन् । उनले श्रम नै आफ्नो अमूल्य सम्पति भएको भन्दै इमान्दारीकता साथ श्रम गरे अवश्य सफल हुने बताइन् ।
पछिल्लो समय २०७२ को विनाशकारी भूकम्प, विश्वमारी रुपमा फैलिएको कोभिड तथा पछिल्लो समय अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका बाजुत पनि व्यवपार व्यवासायमा असर गरेको भन्दै पछिल्लो समय व्यवसायमा समस्या परेको बताइन् ।
‘पछिल्लो समय मात्रै होइन् भूकम्पपछि हालसम्म देखिएको समस्याले व्यवसायमा धेरै नै समस्या देखिएको छ’, उनले भनिन्, ‘व्यवसायमा देखिएको समस्यालाई हल गर्दै अघि बढ्नु पर्छ ।’
नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् । काठमाडौँको काठमाडौँ महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चाबहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ । फेसियल हाउसले करिब सय हाराहारीमा रोजगारी दिएको छ ।
















कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया