‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलरः दोधारमा अल्झिएकाे युवाको कथा
मेरोन्यूज
२०८० वैशाख १ गते १६:३३

काठमाडौं । वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो वर्षकै प्रतिक्षित फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर आज सार्वजनिक भएको छ ।
निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको युवा ज्याकीको कथा देखाउन खोजिएको छ ।
यो फिल्म नेपालकै पहिलो डान्स ड्रामा फिल्म हो । रेनशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।
आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया