महालक्ष्मी विकास बैंकको बोनश शेयरधनीको खातामा
मेरोन्यूज
२०८० वैशाख ४ गते १०:४२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको बोनश शेयर वितरण गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत पछि वितरण गरिएको जनाएको छ ।
चैत ३० गते उक्त बोनश शेयर वापतमा १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता शेयर सूचिकृत गराएको कम्पनीले सोही दिनदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको बताएको छ ।
यसअघि कम्पनीले सोही सभाबाट पारित ६ दशमलव ४६ प्रतिशत नगद लाभांशसमेत वितरण गरिसकेको छ । २१औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।
सम्बन्धित
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया