काठमाडौं–निजगढ फास्ट ट्रयाक अवलोकन गर्न पुगे प्रधानमन्त्री
मेरोन्यूज
२०८० वैशाख ५ गते १२:२९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्रयाकको अवलोकन गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री दाहाल स्थलगत अवलोकनका लागि पुगेको उनको सचिवालयले जानकारी दिएको छ।
अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले फास्ट ट्रयाक बनाइरहेको नेपाली सेनासँग निर्माण प्रगतिबारे जानकारी लिएका थिए।
आयोजनाको स्वीकृत डिपिआर अनुसार फास्ट ट्रयाक बनाउन १७५ अर्ब लागत अनुमान गरिएको छ।
७२.५ कि.मी. लामो फास्ट ट्रयाकमा ३ वटा सुरूङ मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलको लम्बाइ १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाइ ५५.५ कि.मी. रहेको छ।
सम्बन्धित
















होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया