सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कप : नेपालले पायो २३६ रनको लक्ष

मेरोन्यूज २०८० वैशाख ५ गते १२:३६

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर २३५ रन बनायो ।

मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे। फैजले ८ चौका र १ छक्का प्रहार गरे।

यस्तै विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए। ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए।

नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।

प्रतिक्रिया