एसीसी प्रिमियर कप : नेपालले पायो २३६ रनको लक्ष
मेरोन्यूज
२०८० वैशाख ५ गते १२:३६

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर २३५ रन बनायो ।
मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे। फैजले ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए। ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए।
नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।
सम्बन्धित
















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया