आईपीएलमा दिल्लीसँग हैदरावाद ७ रनले पराजित

काठमाडौँ । आईपीएलमा गयराति भएको खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्ससँग ७ रनले पराजित भएको छ ।
पहिला ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले पूरा ओभर खेलेर ६ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि कप्तान डेभिड वार्नरले २१, मिचेल मार्सले १५ बलमा ५ चौकाको मद्दतले २५, मनिष पाण्डेले ३४ र अक्षर पटेलले ३४ रन बनाए ।
अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सनराइजर्स हैदरावादका वासिङ्टन सुन्दरले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए ।
लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले बलियो सुरुवात गरे पनि जित निकाल्न सकेन । मयंक अग्रवाल ४९, ह्यारी ब्रुक ७, राहुल त्रिपाठीले १५, अभिषेक शर्मा ५, कप्तान एडेन मार्करामले ३, हेनरिक क्लासेनले ३१ रन बनाए पनि जित निकाल्न सकेनन् ।
दिल्ली क्यापिटल्सका लागि एनरिक नोर्टजे र अक्षर पटेलले २–२ विकेट लिए ।
















पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया