सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र कुवेत भिड्ने

मेरोन्यूज २०८० वैशाख १४ गते १७:४४

काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा एको छ । जसमा नेपालले कुवेतको सामना गर्ने भएको छ ।

हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने भएको हो ।।

नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार खेल्न हुने भएको छ । कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो ।

फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।

प्रतिक्रिया