जिया खान आत्महत्या प्रकरणमा १० वर्षपछि सुरज पञ्चोलीले पाए सफाइ

काठमाडाैं । अभिनेत्री जिया खान आत्महत्या प्रकरणमा सीबीआईको विशेष अदालतले शुक्रबार सुरज पञ्चोलीलाई सफाइ दिएको छ । फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले सुरजतपाईविरुद्धकाे प्रमाण पर्याप्त नभएकाे भन्दै सफाइ दिएकाे हाे । सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो ।
जियाले ३ जुन २०१३ मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेकी थिइन् । घटनाको १० वर्षपछि आज यस विषयमा निर्णय आएको हो । जियाकी आमाको उजुरीमा अभिनेता तथा प्रेमी सूरज पंचोली पक्राउ परेका थिए । २०१३ जुन १० मा सुरज पक्राउ परेर २२ दिन जेल समेत बसेका थिए ।
जियाको घरबाट प्रहरीले ६ पृष्ठको सुसाइड नोट प्राप्त गरेको थियो । जसका अनुसार जिया सूरजसँगको सम्बन्धको कारण निकै दुखी थिइन् । यसपछि जियाकी आमा राबिया खानले सूरजविरुद्ध मुद्दा दायर गरिन् । सूरज अभिनेता आदित्य पञ्चोली र जरिना वहाबका छोरा हुन् ।
जिया खानले आफ्नो डेब्यू फिल्ममा अमिताभ बच्चनसँग काम गरेकी थिइन् ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया