कांग्रेस सांसद पौडेलले भने : संकटको बेला अपारदर्शी ढंगले पैसा बाँड्नु अस्वभाविक

काठमाडौँ । सत्ता गठबन्धनको सबैभन्दा ठूला दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको निर्णयप्रति विरोध जनाएका छन् । सरकारले नेकपा माओवादीका अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ राहत दिने निर्णयप्रति विरोध जनाएका हुन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट बेला सरकारले संसद छलेर पैसा बाँड्ने निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे ।
‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आइरहेको छ, यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन,’ उनले भने, ‘त्यस कारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु, यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस् ।’
सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया