भूकम्पपछि तातोपानी नाकाबाट खुल्यो निर्यात

सिन्धुपाल्चोक । २०७२ सालको भूकम्पपछि रोकिएको चीनसँगको उत्तरी तातोपानी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आठ वर्षदेखि आयात मात्रै हुँदै आएको तातोपानी नाकाबाट निर्यात पनि खुलेको हो ।
भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी नाकाबाट निर्यात खुल्दा नेपाल सरकारको चासो नै देखिएन । लामो समयपछि सामान निर्यात सुचारु हुँदा सीमा पारी तामझाम देखिए पनि नेपालको व्यवस्थापन फितलोका कारण खासै रौनक देखिएन । चिनियाँ राजदूतसहित कडा सुरक्षामा चिनियाँहरु तैनाथ हुदाँ नेपालतर्फ व्यवसायी, राजनीतिक दल वा सरकारी उपस्थिति देखिएन।
नेपालबाट भित्रिएको सामान स्वागत गर्न कडा सुरक्षाकाबीच चिनियाँ नागरिक तैनाथ थिए भने नेपाली प्रतिनिधिको रुपमा भन्सार प्रमुख मात्र मितेरी पुल पुगेका थिए ।
चिनियाँ पक्षले भने मितेरी पुलबाट नेपालबाट भित्रिएका ४० फुटे तीनवटा कन्टेरका सामानलाई पार्टी पेपर पट्काएर खुशीले स्वागत गरे ।
भूकम्पपछि निर्यात ठप्प रहेको नाकाबाट तीनवटा टेलर (नेपाली ६ वटा गाडी) मार्फत बाँसको मुडा, कुर्सी र म्याट्रेस गरी करिब ३७ लाख बराबरको सामग्री निर्यात गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
भुकम्पका कारण २०७२ वैशाखदेखि नाकाबाट निर्यात हुन सकेको थिएन । अब भने सामग्री नियमित निर्यात हुने सम्भावना रहेको भन्सार कार्यालयले जनाएको छ। भूकम्पअघि उत्तरको सबैभन्दा ठूलो नाका थियो।









विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया