सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कपः नेपाल-यूएईको बाँकी खेल भोलि हुने

मेरोन्यूज २०८० वैशाख १८ गते १५:३०

काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलको खेल भोलि हुने भएको छ । नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल भोलि हुने भएको हो ।

घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । त्यसपछि लगातार वर्षा भएसँगै बाँकी खेल यहीबाट भोलि सुरु हुनेछ ।

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए । करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । सोमपाल कामी र गुलसान झाले एक–एक विकेट लिएका छन् ।

प्रतिक्रिया