टुंगो लाग्यो एसिया कप एक दिवसीयमा भाग लिने टिम, नेपाल भारत र पाकिस्तानको समूहमा

काठमाडौँ । सन २०२३ मा पाकिस्तानमा हुने तय भएको एसिया कपका सहभागी हुने टिमको टुंगो लागेको छ । एसीसी प्रिमियर कपको फाइनल खेल आज सम्पन्न भएपछि एसिया कपमा सहभागी हुने टिमको टुंगो लागेको हो ।
एसिया कपमा ६ टिम सहभागी हुनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल सहभागी हुनेछन् ।
एसिया कपका लागि ५ राष्ट्र स्थायी थिए । नेपाल एसीसी कप जितेर खेल्नका लागि योग्य भएको हो । नेपालले एसीसी प्रिमियर कपको फाइनलमा आज युनाइटेड अरव इमिरेट्सलाई ६ विकेटले हराएर एसिया कपका लागि टिकट काटेको हो ।
एसिया कप खेल्न दुई समूह बनाइएको छ । समूह ‘ए’मा भारत पाकिस्तानसँगै नेपाल रहेको छ । भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपालबाहेक समै राष्ट्र टेष्ट मान्यता प्राप्त हुन् ।
सेप्टेम्बर महिनामा हुने प्रतियोगितामा १३ खेल हुनेछन् । पहिला समूह चरणका खेल हुनेछन् । त्यसपछि समूह विजेताबीच फाइनल खेल हुनेछ । खेल एसिएन क्रिकेट काउन्सिलको आयोजनामा हुनेछ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया