टुंगो लाग्यो एसिया कप एक दिवसीयमा भाग लिने टिम, नेपाल भारत र पाकिस्तानको समूहमा

काठमाडौँ । सन २०२३ मा पाकिस्तानमा हुने तय भएको एसिया कपका सहभागी हुने टिमको टुंगो लागेको छ । एसीसी प्रिमियर कपको फाइनल खेल आज सम्पन्न भएपछि एसिया कपमा सहभागी हुने टिमको टुंगो लागेको हो ।
एसिया कपमा ६ टिम सहभागी हुनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल सहभागी हुनेछन् ।
एसिया कपका लागि ५ राष्ट्र स्थायी थिए । नेपाल एसीसी कप जितेर खेल्नका लागि योग्य भएको हो । नेपालले एसीसी प्रिमियर कपको फाइनलमा आज युनाइटेड अरव इमिरेट्सलाई ६ विकेटले हराएर एसिया कपका लागि टिकट काटेको हो ।
एसिया कप खेल्न दुई समूह बनाइएको छ । समूह ‘ए’मा भारत पाकिस्तानसँगै नेपाल रहेको छ । भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपालबाहेक समै राष्ट्र टेष्ट मान्यता प्राप्त हुन् ।
सेप्टेम्बर महिनामा हुने प्रतियोगितामा १३ खेल हुनेछन् । पहिला समूह चरणका खेल हुनेछन् । त्यसपछि समूह विजेताबीच फाइनल खेल हुनेछ । खेल एसिएन क्रिकेट काउन्सिलको आयोजनामा हुनेछ ।








साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
Serious review of slow economic growth imperative: Finance Minister Khanal
Banke records 39 HIV cases in four months
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया