मंगलबार, मंसिर १६, २०८२

नवनियुक्त खेलकुद मन्त्रीले भने : भौतिक विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ

मेरोन्यूज २०८० वैशाख २१ गते १७:१७

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए । उनले आम नागरिकहरुले देख्ने गरी काम गर्ने बताए ।

उनले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे । उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाउँदै भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महशुस गर्नु भएको छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीले देखाइरहनु भएको छ ।’

खेलकुद मन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया