काठमाडौँ महानगरले सुरु गर्यो अव्यवस्थित तार हटाउन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित बनाउन सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउन सुरु गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन भएको सहमति अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलहरुमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको काठमाडौं महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए ।
अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास आएपछि र दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।
प्राधिकरणले तार व्यवस्थित बनाउन लागि रुट प्लान सार्वजनिक गरेको छ । माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड–बसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीको रुट निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।
डिल्लीबजार–अनामनगर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर, नक्शाल–बालुवाटार हुँदै शीतलनिवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानीबारी हुँदै सामाखुसी, सोह्रखुट्टे–ढल्को–ताहचाल हुँदै स्वयंभु, सिनामंगल–पुरानोबानेश्वर हुँदै गौशाला, गौशाला–बौद्धनाथ र कालिमाटी–कुलेश्वर हुँदै बल्खुको रुट प्लान पनि बनाइएको छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया