सोमबार, चैत १६, २०८२

मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छः अर्थमन्त्री महत

मेरोन्यूज २०८० वैशाख २६ गते १३:५३

काठमाडौं । राअर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलवार राष्ट्रिय सभाको बैठमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताएका हुन् । । उनले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताए ।

अर्थमन्त्री डा. महतले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताएका छन् । उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘ब्याजदर धेरै छ, ऋण लिएकाहरु आहत छन्, कसरी सम्भव छ ? भन्ने प्रश्न पनि छ । अवश्य पनि अहिले राजश्व घटेको छ । अवश्य पनि अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ ।’

अर्थमन्त्री डा. महतले भने- ‘हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ । उदासिनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ । खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना महिना दिनमा गर्नुपर्छ । उनले भने, ‘अहिले ब्याजदर उच्च भएको हुनाले पहिला जसले लो ब्याजदरमा ऋण लिएका थिए, उनीहरुले पनि हिसावकिताव तिर्न सकेका छैनन्, अब लिन खोज्नेले पनि लिन खोजेका छैनन् । सरकारकोतर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्नेकुरामा पनि समस्या देखिएको छ । मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ । सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ । व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुन्छ र बिजनेस भायलबल हुन्छ ।’

अर्थमन्त्री महतले आगामी वर्षको बजेट सिमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे । उनले आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘फराकिलो भनेको केही सिमित वर्गलाई मात्रै हुने, आर्थिक वृद्धि होइन, त्यो भनेको हो, फराकिलो भनेको । हामीले समावेशी भनेका छौँ, त्यो एउटा समूह, वर्ग, जात, क्षेत्रमा सिमित हुँदैन ।

अर्थमन्त्री महतले भने ‘जति आर्थिक वृद्धि गरौँला, त्यो आर्थिक वृद्धि, यो इन्क्लुसिभ आर्थिक वृद्धि, भनेको यो होइन की हामीले धेरै आर्थिक वृद्धि गर्छौैं, भनेर दाबी गरेको होइन, जति आर्थिक वृद्धि आउँदो वर्ष सम्भव हुन्छ, त्यो कुरा बजेटमा भनौँला । जुन लक्ष्य हामी राख्छाँै, त्यो एउटा वर्ग समूहलाई मात्रै हुँदैन, सबैका लागि हुन्छ । बजेटमा कुनै एक घरानालाई मध्यनजर राखेर फाइदा पु¥याउने काम गर्ने र कसैलाई मध्यनजर राखेर घाटा बनाउने काम हुँदैन, जनता र देशलाई मध्यबिन्दु राखेर बजेट आउनेछ ।’

मन्त्री महतले आगामी वर्षको बजेटका लागि श्रोत जुटाउने चुनौति सरकारलाई रहेको पनि बताए ।

प्रतिक्रिया