सोमबार, चैत १६, २०८२

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५९ करोडमा खुम्चियाे

मेरोन्यूज २०८० वैशाख २७ गते १५:५१

काठमाडौं । बारोबारको चौथोदिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से २.४३ अंकले गिरावट हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५९ करोडमा सीमित भएको छ । बुधबार नेप्सेमा १६ हजार १०० वटा कारोबारमा १९ लाख ४२ हजार ६२६ कित्ता सुचिकृत धितोपत्र कारोबार हुँदा ५८ करोड ९१ लाखको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया