मंगलबार, मंसिर १६, २०८२

ए डिभिजन लिगः आर्मीमाथि एपीएफको शानदार जित

मेरोन्यूज २०८० वैशाख २७ गते १७:५१

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले शानदार जित निकालेकाे छ । दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएकाे हाे ।

४१ औं मिनेटमा एपीएफका अर्मान्ड बेडोमले टिमका लागि पहिलो गोल गरेका थिए । उ

५६ औं मिनेटमा हरी कार्कीको क्रसमा आभास लामिछानेले गोल लाइन नजिकैबाट उत्कृष्ट प्रहार गरे ।

तेस्रो गोल भने कप्तान नविन लामाले खेलको ६२ औं मिनेटमा गरेका थिए । अर्मान्ड बेडोमले दिएको बललाई उत्कृष्ट फुटवर्कमार्फत फिनिस गर्दै उनले एपीएफलाई ३–० ले जिताए ।

यो हारसँगै आर्मी १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।

आर्मीलाई पछि पार्दै एपीएफ २२ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया