शुक्रबार, वैशाख ४, २०८३

सबै केटी छाडा भन्दै दुर्गेशले ल्याए नयाँ गीत

मेरोन्यूज २०८० वैशाख २९ गते १८:०३

काठमाडौं । मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । थापाले ‘महँगो मेरो ड्रेस’बाेलकाे नयाँ गीत ल्याएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गितमा रोशन आएर र एमटिआरको र्‍याप रहेको छ । शब्द दुर्गेश र एमटिआरको रहेको छ । गितको सुरुवातमा एमटिआरले र्‍याप शैलीमा दुर्गेशको तारिफ गर्दै आफ्ना गुरु भनेका छन् ।

गीतमा सबै केटीहरु छाडा भनिएको छ । त्यस्तै शाहरुख खानको छोरीसँग डेट गरेको समेत बताइएको छ ।

दुर्गेशले गितमा आफुले लगाएकाे ड्रेस महँगो भएकाे बताएका छन् । त्यस्तै अदालतमा आफुविरुद्ध ६०० वटा ‘केस पेन्डिङ’मा रहेको, दुध खाएर झ्याप हुने र दारु खाएर ‘बेस्ट’ हुने, जस्ता शब्दहरू पनि राखेका छन् ।

पैसा भए सबै थाेक हुने गितमार्फत दुर्गेशले भनेका छन् ।

गीतको भिडियो निर्देशन पनि दुर्गेश आफैले गरेका हुन् । भिडियोमा दुर्गेश बाहेक एमटिआर, रोशन आएर र अलिना रायमाझीको अभिनय रहेकाे छ ।

उनी गितका कारण कयाैं पटक विवादमा आउने गरेका छन् । यस गितमा प्रयाेग भएका शब्दहरूले पनि विवादमा पर्नसक्ने देखिन्छ ।

प्रतिक्रिया