कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला
मेरोन्यूज
२०८० जेठ ८ गते १३:१०

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ३ लाख १६ हजार १४० बढी कित्ता संस्थापक शेयर जेठ ८ गते अर्थात आज देखि विक्री खुला गरेको हो ।
यस लिलामी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र अर्थात असार १० गते सम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यसका लागि संस्थापक शेयरधनीहरुले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया