नवाजुद्दीन भन्छन्- हामी जस्ता कलाकार मरेपछि मात्र सम्मान पाउँछाैं

काठमाडाैं । आफ्नो २४ वर्षको करियरमा थुप्रै सुपरहिट फिल्म दिए पनि नवाजुद्दीन सिद्दीकीलाई एउटा कुराको गुनासाे छ ।
नवाजले हालैको एक अन्तर्वार्तामा आफूजस्ता कलाकारलाई निर्माताले ठूला बजेटका फिल्ममा मुख्य भूमिकाको प्रस्ताव कहिल्यै नगरेकाे बताए । उनले मनोज बाजपेयी र इरफान खानजस्ता कलाकारलाई मुख्य भूमिका दिएर कुनै पनि ठूलो बजेटको फिल्म नबनेको बताए ।
नवाज भन्छन्, ‘इरफान खान होस् वा मनोज बाजपेयी, हामीसँग कसैले ठूलो फिल्म बनाउँदैनन् । हामीलाई उद्योगमा ठूला कलाकार भनिए पनि हामीमा ५० करोड रुपैयाँसम्म लगानी गर्दैनन् । हामीजस्ता कलाकार मरेपछि महान भनिन्छ तर जिउँदै सम्मान पाउँदैनौं ।’
नवाजले भने, ‘अहिले उद्योगमा धेरै मध्यम कलाकारहरू छन् जो पैसा र शक्तिशाली साथीहरू भएकाले मात्रै अवसर पाइरहेका छन्।’ शक्तिशाली साथी भएकै कारण आफूहरू यस्ता कलाकारको विरुद्धमा केही बाेल्न पनि नसक्ने नवाजले बताए ।
नवाजको फिल्म ‘जोगिरा सारा र रा’ हालै हलमा रिलिज भएको छ । फिल्म उनीसँगै नेहा शर्मा मूख्य भुमिकामा छिन् ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया