बुधबार, चैत १८, २०८२

आजपनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० जेठ १७ गते १२:४७

काठमाडौं । नेपाली बजारमा आजपनि सुन चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एकैदिन १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन तोलामा २४ सयले बढेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार बुधबार तेजावी सुन प्रति तोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै आज चाँदी तोलामा २० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया