लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं। धादिङ र कञ्चनपुरबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित रौतहट कटहरिया नगरपलिका-१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दासलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज. ०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ८ सय ८५ ग्रामसहित गल्छी गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा ती किशोरलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ३६ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलभित-४ बस्ने २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह रहेका छन् ।
प्रहरी चौकी भुडा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ बिएफ ४६९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
















किएभमाथि पुनः रुसी आक्रमण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया