सुशासनका लागि राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरण आवश्यक : मन्त्री मोदी

सुनसरी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र कर्मचारीभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको कर्मचारीहरुको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
उनले भने, “कहीँ न कहीँ शुद्धीकरण चाहिन्छ । एउटा राजनीतिक तहमा र अर्को कर्मचारीतन्त्रभित्र पनि शुद्धीकरणको आवश्यकता छ । दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव छैन ।”
मन्त्री मोदीले सबैको कार्यशैलीलाई सुधार गर्दै सुशासनको यात्रामा अगाडि बढ्नुपर्ने बताए । उनले थपे, “हाम्रो व्यवहार र शैलीमा शुद्धीकरण नभएसम्म देशका सबै क्षेत्रका जनताले सहज रुपमा सेवा पाउने र सुशासन कायम गर्ने कुरा सम्भव छैन ।”
उनले अहिलेको व्यवस्थालाई सक्षम र बलियो बनाउनका लागि राजनीतिक र प्रशासनिक दुवै क्षेत्र एकाकर भएर अघि बढ्नुपर्ने पनि बताए ।
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध उनले आफूले सम्हालेको मन्त्रालयमा पहिल्यैदेखि आर्थिक लेनदेनको हल्ला चल्ने गरेको बताउँदै आफू आएपछि त्यसको अन्त्यका लागि निक्र्यौल भएका बिचौलिया र दलाललाई मन्त्रालय प्रवेशमा निषेध गरेको समेत बताए ।
“हामीले सुशासनको पक्षमा दर्जनौँ दुरगामी निर्णय गरेका छौँ । हाम्रो मन्त्रालयमा पनि पहिले आर्थिक लेनदेनका कुराहरु सुन्थ्यौँ । सरुवामा आर्थिक लेनदेन गरेको एउटा मात्रै प्रमाण भेटिएको खण्डमा किन्तु परन्तु कसैलाई छाड्दैनौँ” उनले भने, “हाम्रो मन्त्रालयमा देखा परेका कोही दलाल र बिचौलिया हो भन्ने थाहा पायौँ भने उसलाई मन्त्रालय प्रवेशमा निषेध गरेका छौँ ।”
प्रशासन क्षेत्रको व्यापक सुधारका लागि अब दण्ड र पुरस्कारको पनि विधि स्थापित गर्न खोजिरहेको समेत सुनाए । मन्त्री मोदीले पछिल्लो समय कर्मचारीमािथ जनताको अविश्वास पैदा भएको बताउँदै भने, “पुरानै ढर्रा, पुरानै शैलीबाट कर्मचारी चलिरहँदा त्यसको प्रश्न कर्मचारीमाथि मात्रै होइन, राजनीतिक दलमाथि पनि परिरहेको छ । यो कुरालाई गम्भीरतापूर्वक ध्यानमा राखेर कर्मचारीले कार्य सम्पादन गर्नु पर्ने भएको छ ।”


















सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया