करको दर हेरफेर गरेको सुनेको छु, यसपाली छोड्न सकिँदैन : सांसद पाण्डे

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा अनधिकृत व्यक्तिहरूलाई संलग्न गराएको आफूले सुनेको उल्लेख गर्दै त्यो सत्य भए सैह्य नहुने बताएका छन् ।
उच्च घरानियाहरूले प्रयोग गर्ने विद्युतीय गाडीमा करको दर हेरफेर गर्ने कार्यमा बजेट निर्माण गर्नुअघि अनधिकृत व्यक्तिलाई संलग्न गराउने काम अपराधपूर्ण कार्य हुने भएकाले त्यसलाई कुनै पनि हालतमा छुट दिन नसकिने उनको चेतावनी थियो ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले बजेट खासखास क्षेत्रमा मात्रै खन्याउने काम गरे आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे ।
‘विशेष गरेर यो बजेटमा उच्च वर्गले प्रयोग गर्ने विद्युतीय साधनहरु, गाडीमा कर घटाइयो, मध्यम वर्गीय व्यक्तिहरूले चढ्ने गाडीमा चाहिँ कर बढाइयो,’ उनले भने, ‘त्यो माइक्रोबसमा समेत यस्तो भयो, यो ठिक होइन, यतिमात्रै होइन, मैले एउटा कुरा पनि सुनेको छु, यो बजेट आउनु अघिल्लो दिन ११ भन्दा बढी विद्युतीय गाडी भित्र्याइयो, भोलिपल्ट त्यस्तै गाडीलाई कर बढाइयो भन्ने पनि सुनेको छु, यदि त्यस्तै हो भने त्यो अपराधपूर्ण काम हो, यसपाली त्यसरी छोड्न सकिँदैन ।’
उपाध्यक्ष पाण्डेले विद्युतीय गाडीको आयातमा जोड दिन पनि सरकारलाई सुझाव दिए ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया