केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द

काठमाडौँ । सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको लडाईमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ ।
विदेश र डायस्पोरा मामिला मन्त्रालयका विदेश मामिलाका प्रमुख सचिव कोरिर सिङ्गोईले केन्याले सुडानमा रहेका कुनै पनि केन्यालीहरूलाई बाहिर निकाल्न सहजीकरण गर्न खुला रहेको बताए ।
‘हामीले सुडानको खार्तूममा सशस्त्र समूहहरूले कूटनीतिक अधिकारीहरूलाई निशाना बनाएको चिन्ताजनक समाचारहरू प्राप्त गरिरहेका छौँ, खार्तुममा रहेको केन्या मिशन जुन अझै पनि केन्यालीहरूलाई बाहिर निकाल्नको लागि खुला रहेको थियो, अहिले बन्द छ,’ उनले भने ।
सुडानका सेनापतिहरूबीचको लडाईमा केन्याले मे महिनाको सुरुसम्ममा कम्तीमा नौ सय व्यक्तिको उद्धार गरेको छ । विदेश मन्त्रालयका अनुसार सुडानमा तीन हजारभन्दा बढी केन्याली बसोबास गरिरहेका थिए ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया