नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन

पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेको छ । भवनको सोमबार एक कार्यक्रमका बीचमा कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव प्रसाद दाहालले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
करिव ३,२२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न संचार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया