आँप खाएर पनि घटाउन सकिन्छ तौल, जान्नुहोस् खाने सही तरिका

काठमाडौं । गर्मीमा आँप खान प्राय सबैलाई मन पर्छ । स्वादिलो देखिनुका साथै आँपमा धेरै प्रकारका पौष्टिक तत्वहरु पाइन्छन् । अहिले बजारमा विभिन्न जातका आँप बिक्री भइरहेका छन् ।
प्रायः मानिसहरू सोच्छन् कि आँप खाँदा छिटो तौल बढ्छ। तर यो बिल्कुल गलत छ। यदि सही समयमा र सही तरिकाले आँप खाइयो भने यसको सेवनले तौल बढ्नबाट बच्न सकिन्छ ।
आँपमा सबै आवश्यक भिटामिन र मिनरल्स पाइन्छ । याे रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि फाइदाजनक हुन्छ । एक कप काटेको आँपमा ९९ क्यालोरी, १.४ ग्राम प्रोटिन, २५ ग्राम कार्बोहाइड्रेट, २२.५ ग्राम चिनी, २.६ ग्राम फाइबर, ६७५ भिटामिन सी, १८५ फोलेट, १०५ भिटामिन ए र १०५ भिटामिन ई पाइन्छ। यसबाहेक क्याल्सियम, जिंक, आइरन र म्याग्नेसियम केही मात्रामा पाइन्छ ।
तौल घटाउन आँपको खाने तरिकाः
सेवन घटाउनुहोस्- आँपमा माइक्रोन्युट्रिएन्ट र फाइबर भरिपूर्ण हुन्छ, तपाईले तौल घटाउने प्रयासमा भए पनि त्यसलाई खान सक्नुहुन्छ तर यसलाई सीमित मात्रामा सेवन गर्ने प्रयास गर्नुहोस्। आँपको अत्यधिक सेवनले स्वास्थ्यमा निकै नराम्रो असर गर्छ ।
खानापछि नखानुहोस्– खानापछि आँप कहिल्यै पनि खानु हुँदैन । किनभने यसले तपाईंको शरीरमा धेरै क्यालोरीहरू निम्त्याउन सक्छ। सधैं दिउँसो आँप खानुहोस्।
खाजाको रूपमा खानुहोस्- यदि तपाइँ खाजाको रूपमा एक कचौरा आँप खानुहुन्छ भने, यो तपाइँको स्वास्थ्यको लागि धेरै लाभदायक साबित हुन सक्छ। आँपमा डाइटरी फाइबर प्रचुर मात्रामा पाइन्छ । साथै, आँपले ऊर्जा बढाउने काम पनि गर्छ। प्रि-वर्कआउट फूडको रूपमा आँप खानु निकै राम्राे मानिन्छ।
सामान्य तरिकाले खानुस्- म्याङ्गो जुस वा म्यान्गो शेक बनाउनुको सट्टा सामान्य तरिकाले खानुहोस । जुस बनाउनाले आँपमा रहेको सम्पूर्ण फाइबर नष्ट हुन्छ ।
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया