बजेटप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आपत्ति

ठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ ।
आइतबार संघले पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने नीतिको शीघ्र समाधान खोज्न पनि सरकारसँग संघले माग गरेको छ ।
समग्रमा वनस्पति तेल उद्योग समस्याग्रस्त अवस्थामा रहेको भन्दै संघले यसको शीघ्र समाधान नगरेको खण्डमा उद्योगहरु बन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भीर असर पार्नेतर्फ सचेत गराएको छ ।
उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।
‘उपभोक्ताहरुलाई चरम महँगीबाट राहत दिन, तैयारी सामान भन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महसुल हुने नीति अवलम्बन गर्न, भारतबाट अनाधिकृत रुपमा आयात भइरहेको खाने तेल रोक्नका लागि समेत कच्चा खाने तेलको आयात भन्सार महसुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट् दिनुपर्छ’ संघले पत्रकार सम्मेलनमार्फत भनेको छ ।















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया