प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकार उद्घाटन
मेरोन्यूज
२०८० जेठ २५ गते ११:३८

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बुटवल पुगेर लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्।
आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। केबलकार आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए।
भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए।
केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ।
मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।
सम्बन्धित
















किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया