यो बजेट कार्यान्वयन हुँदैन, हावादारी मात्रै छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन् ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन् । उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे ।
‘यसले अर्थतन्त्रका समस्या चिनेको छैन, समस्या समाधानका विकल्पहरू, दृष्टिकोण दिन सकेको छैन, स्रोतको प्रस्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक छैन,’ उनले भने, ‘त्यस कारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्ने कुरामा स्वयं अर्थमन्त्री जीलाई चिन्ता छैन, सरकारलाई चिन्ता छैन, हामी सबै स्पष्ट छौँ, यो कार्यान्वयन हुने बजेट होइन ।’
त्यस्तै, देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोण पनि बजेटमा नभएको उनको भनाइ थियो । उनले बजेट हावादारी भएको टिप्पणी गरे । ‘चुनौतीको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं हावादारी बजेट छ,’ उनले थपे ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया