सोमबार, मंसिर ८, २०८२

कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

मेरोन्यूज २०८० जेठ ३२ गते ११:५०

काठमाडौं । ‘बल्छी ध्रुबे’ नामले परिचित कलाकार मरिचमान श्रेष्ठ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेट मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीसहित अन्य थप ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ । यधपी उनीहरुको बारेमा कुनै जानकारी प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

यस सम्वनधमा प्रहरीले अनुसन्धान जारी राखेको र पक्राउ परेकालाई म्याद थप गरेपछि मात्र सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।

प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया