‘जानकी भारतीय छोरी’ भन्ने शब्द नसच्याए हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्मी आदिपुरुषले आफ्नो नसच्याए फिल्म चल्न नदिने बताएका छन् ।
भारतीय फिल्मी आदिपुरुषमा ‘जानकी भारतीयको छोरी हुन्’ भन्ने शब्द नेपालसहित विश्वभर नसच्चिए काठमाडौँ महानगरका हलहरूमा प्रदर्शन गर्न नदिने बताएका हुन् । यस्तै, उनले आदिपुरुषबाहेक आगामी दिनमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन हुने नदिने चेतावनी दिएका हुन् ।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भने, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ, माता सीताको जय होस ।’
फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।
फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।









चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते
प्रतिक्रिया