कस्तो छ प्रभासको ‘आदिपुरुष’ ?

नेपालमा विवादित बनेको भारतीय फिल्म आदिपुरुष आज देखि प्रर्दशनमा आएको छ । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद फिल्ममा समेटिएपछि फिल्म नेपालमा विवादमा आएको छ । नेपालको राष्ट्रियता, सस्कृतिमाथी प्रहार गर्ने र गलत तथ्य फिल्ममा समावेश गरेर जानकीलाई भारतकी छोरीका रुपमा चित्रित गरेर फिल्मा संवाद देखाइएकोले नेपालमा भने यो फिल्म विवादमा छ ।
उक्त संवाद नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ‘आदिपुरुष’ को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । बिहीबार नै फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाइ फिल्मको जाँचपास अनुमति पत्र लिएको थियो ।
रामायणमा आधारित यस फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान मुख्य भूमिकामा छन् । ६५० करोडमा बनेको आदिपुरुष भारतको सबैभन्दा महँगो फिल्म हो ।
फिल्मको रिलिजसँगै जानौं यसको समीक्षा :
कथा कस्तो छ ?
फिल्मको कथा हो वनवासमा गएका भगवान श्री रामको जो सीता हरणपछि रावणलाई नष्ट गर्न लंका पुग्छन्। रामायणको ज्ञान भएका सबैलाई यो कथा थाहा छ। सीता हरणबाट सुरु भएको चलचित्र रावण वधमा समाप्त गरिएको छ । आदिपुरुषको कथा समतल र पूर्ण अनुमानयोग्य लाग्छ, जसमा सृजनात्मकताको कमी प्रष्ट देखिन्छ ।
पात्रहरुको अभिनय कस्तो छ ?
प्रभु श्रीरामको भूमिकामा देखिने प्रभासको अभिनय दमदार छ, तर धेरै ठाउँमा उनी बाहुबलीको लुक र भावमा देखिएका छन् ।
जानकीको भूमिकामा कृतिमा ग्रेसको कमी देखिन्छ छ । उनको रावणलाई दिएको चेतावनी पनि एकदमै फिका लाग्छ। रावणको भूमिकामा सैफका दमदार संवादहरू निकै वनावटी देखिन्छन्। फिल्मको सबैभन्दा रमाइलो भाग बजरंग बली बनेका देवदत्त नागे हो । उनको चरित्रले शक्ति र हाँसो ल्याउँछ।
ब्याकग्राउंड म्यूजिक कस्तो छ ?
आदिपुरुष फिल्मको सबैभन्दा बलियो बिन्दुको कुरा गर्ने हो भने त्यो हो यसको ब्याकग्राउंड म्यूजिक। यो चलचित्रको प्राण नै हो ।
भिएफएक्स कस्तो छ ?
फिल्मको भिएफएक्समा खासै सुधार आएको छैन, यद्यपि रावणको एन्ट्री सीन, मृगको दृश्य र रामसेतु बनाउने दृश्य तपाईलाई पक्कै मन पर्नेछ। फिल्मका अधिकांश दृश्य निकै काला छन् ।
निर्देशन कस्तो छ ?
चलचित्रमा निर्देशक ओम राउतको काम औसत छ । कतिपय दृश्य यति छिटो बाहिर आउँछन् कि तिनिहरुलाइ कनेक्ट गर्न समस्या हुन्छ । जस्तैलंका जलेको दृश्य। यस्तै क्लाइमेक्स दृश्यमा राम र रावणबीच चलिरहेको युद्धमा टाढै उभिएकी सीताको क्लोजअप एक्सप्रेशन देखिए पनि उनी के हेरिरहेकी छिन्, यो दृश्य हराएको देखिन्छ । बजरंगबलीले संजीवनी बुटीको लागि सिंगो पहाड उखेलेको दृश्यलाई निकै कम स्क्रिन टाइम मिल्छ।
अन्तिम निर्णयः फिल्म हेर्ने कि नहेर्ने ?
ठूलो पर्दामा थ्रीडीमा रामायणको कथा हेर्नु आफैमा एउटा अविस्मरणीय अनुभव हो, तर आदिपुरुषको समतल कथाले तपाईंलाई बीचमा बोर गर्न सक्छ। यसलाई रामायणको आधुनिकीकरण भन्नु पनि गलत हुनेछैन । फिल्ममा क्यारेक्टरको ब्याकग्राउन्ड पनि देखाइएको भए अझ राम्रो बन्न सकिन्थ्यो । धेरै आशा नगरी फिल्म हेर्नुभयो भने पक्कै पनि मन पर्नेछ ।
-दैनिक भास्करबाट


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया