फिल्म ‘आदिपुरुष’विरुद्ध दिल्ली अदालतमा मुद्दा

नयाँदिल्ली । रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप बिबादमा परेको छ ।
फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस याचिकामा हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।
हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र रव्यक्तिलाई गलत देखाउन पाइने छैन् भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।
निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाईएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाईएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संबाद पनि कतिपय ठाउँमा रयापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।
ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन’ भन्ने संबाद राखे पछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संबाद विप गरेपछि नेपालमा प्रदर्शन गरिएको थियो ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया