बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान ?

मुम्बई । करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए ।
सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका । ‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्, ‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिएँ । तर उनीहरुले यो कुरालाई स्वीकारेनन् । त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ ।’
सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन् । ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’, उनी भन्छन् ।
सलमानको बुझाईमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया