‘आदिपुरुष’काे नकरात्मक समीक्षा हटाउन निर्माताले पैसा अफर गरेपछि…

मुम्बई। ओम राउतको फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा मीम सामाग्री बनिसकेको छ । फिल्म रिलिज हुनासाथ इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । फिल्म संवाददेखि लिएर ‘सीता भारतकी छोरी हुन्’ भन्ने सम्मका कैयौं विवादमा फसिसकेको छ ।
अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।
‘केही एजेन्सीहरुले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् । उनीहरुले मलाई तपाईंको ट्वीट डिलिट गर्नु भनेर भीख मागिरहेका छन् । यसको बदलामा उनीहरुले मलाई पैसाको अफर गरेका छन् । क्षमा गर्नुहोला, तपाईंले गलत मान्छे छनोट गर्नुभएको छ’, रोशन राय नामका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।
अर्का प्रयोगकर्ताले पनि आफूलाई निर्माताले पैसाको अफर गरेको दाबी गरेका छन् । ‘आदिपुरुष टिमले मलाई फिल्मको सकारात्मक समीक्षा लेख्न प्रति ट्वीट ६५ सय रुपैंयाँ दिने कुरा गरेका छन् । तर म बिकाऊ होइन’, ती प्रयोगकर्ताले लेखेका छन् ।
तमाम विरोधका बाबजुद फिल्मले पहिलो दिन विश्वव्यापी रुपमा १ सय ४० करोड रुपैंयाँको कारोबार गरेको छ । ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान, र कृति सेनन प्रमुख भूमिकामा छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया