जिम्बावेविरुद्ध नेपालको कीर्तिमानी रेकर्ड
मेरोन्यूज
२०८० असार ३ गते १५:३६

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटमा नेपालले अहिलेसम्मकै विशाल साझेदारी बनाएको छ ।
यसअघि नेपालको सबैभन्दा ठूलो साझेदारी १३९ रनको थियो । आज भएको खेलमा जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले नयाँ रेकर्ड बनाएका हुन् ।
दुई ओपनरले कीर्तिमानी साझेदारी बनाउन ३१.५ ओभर खेल्दा १७१ रन बनाए ।
ओपनर भुर्तेलले ९५ बलमा ९९ रन बनाएर आउट हुुँदा नेपालले १७१ रन बनाएको थियो । यस्तै आसिफले ९६ बलमा ६५ रन बनाएका थिए ।
भुर्तेल आउट भएसँगै आसिफ पनि ६६ रन बनाए आउट भए । उनले सय बलमा ७ चौकाको मद्दतमा ६६ रन बनाए । उनी आउट हुँदा नेपाल दुई विकेटको क्षतिमा १७४ रनको स्थितिमा थियो ।
यसअघि नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले सबैभन्दा बढी १३९ को साझेदारी खेलेका थिए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया