सोमबार, चैत १६, २०८२

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

मेरोन्यूज २०८० असार ३ गते १६:१९

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

नेपालका लागि औपनर कुशल भुर्तेलले ९९ रन बनाए। ९५ बल खेल्दा १३ चौका र २ छक्का प्रहार गरेका भुर्तेल १ रनले शतक पूरा गर्न चुके।

अर्का ओपनर आसिफ शेखले ६६ रन बनाए। १०० बल सामना गरेका उनले ७ चौका प्रहार गरे।

कुशल मल्ल ४१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए।

त्यस्तै गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

प्रतिक्रिया