बुधबार, चैत २५, २०८२

सामसङले ल्यायो कपडाको हेरचाह र भाइरस मार्ने उपकरण ‘एयरड्रेसर’

मेरोन्यूज २०८० असार ३ गते १७:१६

काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो नयाँ एयरड्रेसर लन्च गर्दै उद्योगकै पहिलो उन्नत स्मार्ट क्लोदिङ केयर सोलुसन सार्वजनिक गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीका अनुसार सामसङको यो नवीनतम एयरड्रेसरले धुलो, प्रदूषक र कीटाणुहरू हटाउन शक्तिशाली हावा र बाफ प्रयोग गर्दछ, लक्जरी लिभींग र कार्यालयहरूमा सजिलो र सुविधाजनक कपडाको हेरचाह र सेनिटाइज गर्दछ।

एयरड्रेसरले कपडाको हेरचाहको एक नयाँ प्रविधि प्रस्तुत गर्दछ जसले दैनिक आधारमा लुगाहरूलाई रिफ्रेश, पुनरुत्थान, डिओडोराइजिङ गर्ने अधिक कुशल विधिको लागि उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीले दाबी गरेको छ।
उपभोक्ताहरू जो आफ्नो लुगाको राम्रो हेरचाह गर्न चाहन्छन्, विशेष गरी यदि लुगाहरु नाजुक सामग्रीबाट बनेको बेला, तिनीहरूको लागि यसले अब छिटो र सुविधाजनक रूपमा घरमा आफ्नो लुगाहरू फ्रेस राख्न मद्दत गर्दछ। यसले कपडाहरू सबै राम्रो राख्नुको साथै, समय र पैसाको पनि बचत गर्दछ र लगातार धुने वा ड्राई क्लिनरको कटौती गर्दछ।

एयरड्रेसरमा रहेको जेटस्टिमले लुगालाई स्यानिटाइज गर्नुका साथै इन्फ्लुएन्जा, एडेनोभाइरस र हर्पिज भाइरस लगायत ९९।९ प्रतिशत भाइरस र ब्याक्टेरियालाई निर्मूल पार्ने कम्पनीको दाबी छ।

‘एयरड्रेसर आमाबाबुका लागि आफ्ना बच्चाहरूको लुगा स्वच्छ र कीटाणु मुक्त बनाउने ग्याजेट हो, किनकि यसले कपडाहरू मात्र होइन, तर बाहिरी वस्त्र, ओछ्यान र नरम खेलौनाहरू पनि सफा र ताजा पार्छ। एयरड्रेसर कर्पोरेट बोर्डरूम, भीआईपी लाउन्ज, क्लब, होटल, लक्जरी खुद्रा विक्रेताहरू, डिजाइनरहरूको लागि पनि एक उत्कृष्ट विकल्प हो’ कम्पनीले भनेको छ।

सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स बिजनेसका महाप्रबन्धक आलोककुमार गुप्ता भन्छन्, ‘हामीलाई विश्वास छ कि एयरड्रेसरले कपडालाई सेनिटाइज गर्नुका साथै ९९।९ प्रतिशत भाइरस र ब्याक्टेरियालाई निर्मूल पार्नुका साथै यो वासिङ मेसिन र ड्रायर जस्तै अत्यावश्यक घरेलु उपकरण बन्नेछ।’

हरेक दिन लुगा सफा गर्ने र रिफ्रेस गर्ने ४ सजिलो स्टेप

सबै भन्दा पहिलो स्टेप भनेको कपडाहरूलाई एयरड्रेसर भित्र राम्ररी झुन्डाएर साइकललाई सुरु गर्दिनु हो। एयरड्रेसरले यसपछिको काम आफैं गर्दिन्छ।

प्रथम चरणः जेटस्टीम
जेटस्टिमले कपडामा तातो हावा मिसाएर कपडालाई सेनिटाइज गर्दछ, ९९।९ प्रतिशत भाइरस र ब्याक्टेरिया, १०० प्रतिशत घरको माइट्स, ९९ प्रतिशत गन्ध पैदा गर्ने ग्याँस र ९९ प्रतिशत अन्य हानिकारक पदार्थहरू नष्ट गर्दछ। यो कपडाको नियमित बन्ध्याकरण र छालाका सामानहरू र नरम खेलौनाहरू जस्ता धेरै अन्य वस्तुहरूको लागि उत्तम उपकरण हो।

दोस्रो चरणः जेट एयर
जेट एयर र एयर ह्याङ्गरहरूले न्यूनतम आवाज र कम्पनको साथ, बेडरूम सहित घर भित्र कुनै पनि ठाउँमा राखी, बिना कुनै आवाज वा दिस्टर्बेन्सको काम गर्छ। जेट एयर र एयर ह्याङ्गरहरूबाट आउने शक्तिशाली हावा जारी गर्दा लुगामा रहेको धुलोहरूलाई कपडाबाट हटाउन सजिलो पार्छ।

तेस्रो चरणः हीटपम्प ड्राइंग
हीटपम्प ड्राइंगले लुगामा क्षति र संकुचनको जोखिम कम गर्न कम तापक्रममा लुगा सुकाउँदछ।

चौथो चरणः डिओडोराइजिङ फंक्शन
एयर फिल्टरको साथ डिओडोराइजिङ फंक्शनले तपाईँको लुगाहरूमा पसिना, तम्बाकू र खानाको कारण हुने गन्ध कणहरू क्याप्चर गर्दछ र कम गर्दछ र उनीहरूलाई अप्रिय गन्धहरू सिर्जना गर्न एकाइ भित्र निर्माण गर्नबाट रोक्छ।

यसैबिच, सेल्फ–क्लिन टेक्नोलोजीले तपाईँको स्मार्ट एयरड्रेसरको भित्री भागलाई डिह्युमिडिज, स्यानिटाइज र डिओडोराइज गर्दछ ताकि तपाईँको लुगाहरू ताजा रहन सुनिश्चित गर्न सकियोस्। यसले प्रयोगकर्ताहरूलाई पनि सूचित गर्दछ जब एकाइलाई प्रत्येक ४० साइकलमा सफाइको आवश्यकता हुन्छ।

मूल्य र उपलब्धता
हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गतको सामसङ स्मार्ट प्लाजा र यसको ई–स्टोरमा एयरड्रेसर रु २ लाख ५० हजार मूल्यमा उपलब्ध हुनेछ।

प्रतिक्रिया