फिल्म ‘दान्भी’का लागि एक्सन सिक्दै पूजा
मेरोन्यूज
२०८० असार ५ गते १४:१५

काठमाडौं । अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा काम गर्ने तयारीमा छिन् । फिल्म ‘दान्भी’मा उनी एक्सन लेडीका रुपमा देखिन लागकी हुन् ।
यसै शुक्रबार उनलाई एक्सन अवतारमा प्रस्तुत गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो । सार्वजनिक पोस्टरमा देखिएको दुई हातमा पेस्तोलसहित प्रस्तुत उनको एक्सन लुक्सले दर्शकमा कौतुहलता जगाएको छ ।
फिल्मका लागि पूजा यतिबेला कसरतमा लागेकी छन् । शरीर कसिलो बनाउन लामो समयदेखि जिममा मिहिनेत गरिरहेकी उनले दुई हप्तादेखि एक्सनको तालिम पनि लिइरहेकी छन् । उनले सामाजिक सञ्जालमा एक्सन सिकिरहेका भिडियो पनि पोष्ट गरिरहेकी छिन्।
रुपेश तामाङको निर्देशन रहने यो फिल्म नेपाल र सिक्किममा छायांकन गरिने बताइएको छ । फिल्ममा पूजासँगै कुन्साङ बोमजमको मुख्य भूमिका रहनेछ ।
सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया