नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

काठमाडौँ । करण केसीले उत्कृष्ट बलिङ गरे पनि नेपाललाई अमेरिकाले २०८ रनको लक्ष्य दिएको छ । नेपालले अमेरिकालाई २०७ रनमा अलआउट गरेको हो ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २०७ रन बनाएको हो ।
करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रन मात्र खर्चे ।
नेपालबाट पहिलो बल फालेका ललित राजवंशीले १० ओभरमा २० रनमात्र खर्चेर १ विकेट लिए । अर्का स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन बन्न पुगे । उनले १० ओभरमा ५८ रन खर्चिए ।
गुल्शन झाले तीन विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर कूल ३ विकेट लिएका हुन् ।
अमेरिकाका लागि ओपनर सुशान्त मोदानीले ४२ रन बनाए । उनले ७१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द सिंह २६ रनमा आउट भए ।
सायन जँहागिरको अविजित शतकमा अमेरिकाले राम्रो पुनरागमन गरेको हो । क्याच आयटबाट बचेका उनले सय रन बनाए ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया