कठिन मोडमा दिपेन्द्रले लिए विकेट, दुईपटक जीवनदान पाएका पुरनले बनाए ११५ रन

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले चौथो विकेट लिएको छ । वेष्ट इण्डिजविरुद्ध आक्रामक सुरुवात गरेको नेपालले कठिन अवस्थामा चौथो विकेट लिएको हो ।
खेलको ४४ ओभरमा बलिङ गरेका दिपेन्द्र सिंह ऐरीले मध्यक्रमका विष्फोटक ब्याटर निकोलस पुरनलाई आउट गरेका हुन् । उनी ९४ बल खेल्दै ११५ रन बनाएर आउट भएका हुन् ।
यसअघि पुरनले दुई पल्ट जीवनदान पाएका थिए । उनलाई आउट गर्न चुकेसँगै नेपाल कठिन मोडमा पुगेको थियो । १५.३ ओभरमा ब्रेण्डन किङ आउट भएसँगै क्रिजमा आएका निकोलस पुरन अर्को ओभरमा आउट हुनबाट मुस्किलले जोगिए ।
उनी तीन रन मात्रै बनाएर खेलिरहेका उनी १६.६ ओभरमा ललित राजवंशीको बल आउटसाइड एज लागेर विकेटकिपर आसिफ शेखको हातमा पुगेको थियो । तर, आसिफले त्यो बल समाउन नसक्दा क्याच मिस भयो ।
यस्तै, ३४.४ ओभरमा करण केसीको बल इनसाइड एज लागेको बल आसिफको हातमै पुगेको थियो । यसपल्ट पनि उनी आउट हुनबाट बचे ।
दुईपटक जीवनदान पाएका पुरनले ठूलो योगफल बनाएर आउट भएका हुन् ।
















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया