सोमबार, चैत २३, २०८२

२० अर्ब रुपैयाँ उठाउन रिपो जारी गर्दै राष्ट्र बैंक

मेरोन्यूज २०८० असार ८ गते १५:४३

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले पुनः आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय बैंकले सात दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो ।

जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार १७ गतेलाई तोकिएको छ । 

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेण्ट अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । 

रिपोमा सहभागी हुन बैंकहरुले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नु पर्ने छ । परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिने छ । 

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।
 
यसअघि बिहीबारमात्रै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो । यो रिभर्स रिपोमा राखिएको रकम बैंकहरुले असार १४ गते फिर्ता पाउने छन् । 

प्रतिक्रिया