नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले असाढ ९ गते (शनिबार) दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एम.डि.आर.टी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
“रन फर इन्कम चेज योर एमडिआरटी” भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शुभारम्भ गरेका थिए ।
उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम काठमाण्डौ, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आज दमकमा गर्न लागिएको जानकारी गराएका थिए ।
कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले संचालन गरेको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए । सम्मानित भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।
कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया