फिल्म नचलेपछि आदिपुरुषको टिकट सय रुपैयाँमा झारियो

काठमाडाैं । प्रभास र कृति सेनन स्टारर ‘आदिपुरुष’ १६ जूनमा रिलिज भएको थियो । चलचित्रको टिजर र ट्रेलरदेखि नै यसलाई लिएर दर्शकबाट धेरै नकारात्मक प्रतिक्रिया आइरहेका थिए । फिल्म रिलिज भएपछि पनि यो क्रम जारी छ ।
अग्रिम बुकिङमा चलचित्रले बम्पर ओपनिङ गरे पनि सोमबारदेखि चलचित्रको कमाई लगातार घट्दै गएको छ ।
पहिलो सोमबार नै फिल्मको कलेक्शन ७० देखि ८० प्रतिशतले घटेको थियो । लगातार गिरावट आउन थालेपछि निर्माताले बुधबार ‘आदिपुरुष’को थ्रीडी संस्करणको टिकटको मूल्य १५० रुपैयाँ घटाएकाे थियाे । तर, यसका बाबजुद पनि फिल्मको कमाईमा कुनै उछाल आउन सकेन ।
करिब ३०० रूपैयाँ भारूकाे टिकटको मूल्य १५० बनाए पनि बक्स अफिसमा कुनै वृद्धि नदेखेपछि दर्शकलाई हलसम्म ल्याउन निर्माताले अर्को ठूलो रणनीति बनाएका छन् ।
साेमबार बिहान निर्माताले ‘आदिपुरुष’ को ट्वीटर ह्याण्डल पेजमा फेरि एकपटक ‘ थ्रीडी संस्करणको मूल्य घटाउने जानकारी दिएका छन् ।
ट्विटरमा लेखिएकाे छ, ‘यो अद्भूत कहानी हेर्नुहोस्, आफ्नो टिकट छिटो बुक गर्नुहोस्, जसको मूल्य मात्र ११२ रुपैयाँ हो र आदिपुरुषको विशाल दुनियाँको मजा लिनुहोस्, यो अफर भोलिदेखि सुरु हुन्छ, जय श्री राम ।’
यससँगै अब फिल्मको रि-एडिट र संवाद पनि परिवर्तन गरिएको निर्माण पक्षले बताएको छ ।


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया