मंगलबार, चैत २४, २०८२

प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्रको जवाफ दिने

मेरोन्यूज २०८० असार १२ गते ६:५७

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि मन्त्रीहरूले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

Advertisement
nepal life insurencenepal life insurence

संघीय संसद भवन, नयाँ वानेश्वरमा बिहा ११ बजे बोलाइएको बैठकमा बिनियोजन बिधेयकमाथिको छलफल जारी रहनेछ । बिनियोजन (बजेट) बिधेयकमाथि उठेका प्रश्रको जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएको संघीय संसद् सचिवालयले आजको बैठकका लागि तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।  

मंगलबारको  बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिक्रिया