कानुन अनुसार १० असारसम्म कुन प्रदेशका कति पालिकाले बजेट ल्याएनन् !

काठमाडौँ । कानुन अनुरुप १० असारसम्म ७५ पालिकाले आर्थिक वर्षको बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ ले पालिकाले १० असारसम्म बजेट ल्याइसक्नु पर्ने व्यवस्था गरेको छ ।
तर मुलुकभरका ७ सय ५३ पालिकामध्ये कोशी प्रदेशका ५, मधेस प्रदेशका ३६, वाग्मती प्रदेशका ३, गण्डकी प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका १७, सुदूरपश्चिम प्रदेशका ४ गरी ७५ पालिकाले बजेट सार्वजनिक गर्न सकेनन् ।
बजेट नल्याउने केहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् केहीले त त्यो पनि गर्न सकेका छैनन् । बजेट ल्याएका मध्ये पनि केहीले त योजनागत बाँडफाँट गरेर सार्वजनिक गरेका छैनन् ।
कोशी प्रदेशका १ सय ३७ पालिकामध्ये १ सय ३२ पालिकाले मात्र १० असारमा आगामी वर्षको बजेट सार्वजनिक गरे । प्रदेशभित्र पर्ने तेह्रथुम र धनकुटाका २÷२ तथा मोरङको एक पालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका बजेट प्रस्तुत गर्न सकेन ।
मधेशका १ सय ३६ पालिकामध्ये एक सय पालिकाले बजेट ल्याए । आन्तरिक किचलोका कारण दुई उपमहानगरसँगै ३६ पालिकाले नगरसभा गर्न सकेका छैनन् । बाराको कलैया उपमहानगरपालिका जितपुर सिमरा उपमहानगरले बजेट ल्याउन सकेनन् ।
पर्सामा ६ वटा गाउँपालिका, बारामा दुई उपमहानगर, २ नगरपालिका र १ वटा गाउँपालिका, रौतहटमा ४ नगरपालिका र २ गाउँपालिकाको नगरसभा, सर्लाहीमा ४ नगरपालिका, महोत्तरीमा १ नगरपालिका र १ गाउँपालिका, धनुषामा २ नगरपालिका र २ गाउँपालिका, सिरहामा १ गाउँपालिका, सप्तरीमा ४ नगरपालिका र ३ गाउँपालिकाको नगरसभा हुन सकेन ।
सप्तरीको राजविराज, हनुमाननगर कंकालिनी, कञ्चनरूप नगरपालिका र रूपनी गाउँपालिकाले सभा गर्न सकेनन् ।
वाग्मती प्रदेशका ११९ पालिकामध्ये ३ पालिकाले बजेट प्रस्तुत गर्न सकेनन् । चितवनको राप्ती नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र काभ्रेको पनौती नगरपालिकाले बजेट ल्याउन सकेनन् ।
गण्डकी प्रदेशमा तीन पालिकाले बजेट ल्याउन सकेनन् । बजेट ल्याउन नसक्ने तीन पालिका पर्वत जिल्लाका छन् । कुश्मा र फलेवास नगरपालिका तथा जलजला गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेका हुन् ।
लुम्बिनी प्रदेशका ७ पालिकाले समयमा बजेट ल्याउन सकेनन् । रूपन्देहीका रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण बजेट ल्याउन सकेनन् ।
रोल्पाको एक र अर्घाखाँचीको एक स्थानीय तहले बजेट ल्याउन सकेन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका बजेट पेस गर्न सकेन । रोल्पाको गंगादेव गाउँपालिकाले बजेट ल्याउन सकेन ।
कर्णाली प्रदेशका ७९ पालिकामध्ये १७ पालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन् । कालीकोटको खाँडाचक्र नगरपालिकाले बजेट ल्याउन सकेन ।
सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये चार पालिकाले बजेट ल्याउन सकेनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन् ।

















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया