जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले जिल्ला निर्वाचन कार्यालयहरु कायमै राख्ने प्रतिवद्धता जनएको छ । निर्वाचन आयोगको स्वतन्त्रलाई कमी हुन नदिने सरकारले बताएको छ ।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाईका रुपमा राख्ने गरी बजेटमा गरिएको व्यवस्थाबाट पछि हटेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाईका रुपमा राख्ने बजेटमा राखेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार संसद अवरुद्ध गरेका थिए । मंगलबार नै बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा. महतले निर्वाचनको स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने बताए ।
सरोकारवालाहरुसँग छलफलपछि जिल्ला निर्वाचन कार्यालयलाई कायमै राख्ने पक्षमा सरकार पुगेको बताउँदै अर्थमन्त्री डा. महतले खारेजी हुँदैन, जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरी नै रहन्छ भन्ने प्रतिबद्धता जनाए ।


















शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखकाे निर्देशन
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया