थाइल्याण्डविरुद्ध नेपाल २२५ रनले विजयी

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डविरुद्ध २ सय २५ रनको सानदार जित निकालेको छ ।
नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो।
थाइल्यान्डका लागि इशान बनर्जीले १६ र दानुफोन फुयानग्योपिनितले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालका लागि सन्तोष यादवले ८ रन खर्चेर ५, अशोक धामीले ४ रन खर्चेर ३ र अविनाश तिवारीले २१ रन खर्चेर २ विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो ।
नेपालका लागि ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए । त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे ।
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २र२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए ।
थाइल्यान्डविरुद्ध जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।
नेपाल रहेको समूह ‘ए’मा थाइल्यान्ड र मलेसिया छन्। समूह ‘ए’बाट नेपाल र मलेसिया अन्तिम चारमा पुगेका छन्।
त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन् ।
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया