सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छ : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताका कारण बजेट सहजै पारित भएको बताएका हुन् ।
उनले सरकारले समस्याको बोध गहिराईबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमुल परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताए ।
दाहालले भने, – ‘यो पटक नयाँपन के देखियो भने नेपाल सरकारलाई समस्याको बोध गहिराईमा गएर गराउन सफल भइएको छ । आगामी वर्षबाट बजेट निर्माण प्रक्रियामा आमुल परिवर्तन गर्ने । बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना र कार्यक्रम, बजेट निर्माणमा प्रत्यक्ष संघीय सांसदहरुको भुमिका रहनेगरी नै सरकारको तर्फबाट प्रधानमन्त्रीले संकल्प गर्नुभयो । प्रतिवद्धता जायर गर्नुभयो । त्यसपछि बजेट सहज ढंगले, बहुमतले पास हुने परिस्थिति पैदा भयो ।’
उनले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताए । सांसद दाहालले बजेटमा भएका प्राविधिक कमजोरीहरुलाई सच्याइएको पनि बताए ।
उनले अगाडी थपे, – ‘यो सरकार त्यति कमजोर धरातलमा बनेको छैन । सरकार पाँच वर्षसम्म चल्छ । हाम्रो सत्ता साझेदार दलभित्र साझा सहमती छ । यो प्राकृतिक गठबन्धन छ । संघीयता, लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु, संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने साझा प्रतिवद्धतासहित बनेको सरकार भएको कारणले गर्दा सरकार ढल्ने, बन्नेसँग सम्बन्धित होइन । बजेटमा देखिएका कयौँ प्राविधिक कमजोरीहरु, बजेट थोरै बरालिएको विषयमा जो बहश, छलफल भएको थियो । त्यसलाई सच्याउने प्रतिवद्धता प्रधानमन्त्रीज्यूले गरिसकेपछि बजेट सहज ढंगले पास हुने स्थिति बन्यो । सकार ढल्छ कि भन्ने कल्पना गर्नु आवश्यक पनि छैन ।’
उनले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकोले सकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया